मुख्य समाचार

पत्रकार फणिदेव महतको निधन

पत्रकार फणिदेव महतको निधन


काठमाडौं । पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ ।

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।

ट्युमरबाट पीडित महतले लामो समयदेखि सो रोगको उपचार गराउँदै आउनु भएको थियो ।

शेयर गर्नुहोस :

189
Shares