जेष्ठ १, २०८२ बुधबार

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ ।

यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर स्थगन गर्ने तयारी भइरहेको सिँहदरवार विशेष स्रोतले प्रशासनलाई बतायो ।

‘नेकपा मुख्य सल्लाहकारसहित अध्यक्षद्वयबीचको छलफलपछि प्रधानमन्त्रीबाट मुख्यसचिव लोक दर्शन रेग्मी हुँदै श्रम मन्त्रालयमार्फत विभागलाई दिएको निर्देशानुसार अहिले प्रस्ताव तयार भइरहेको छ’, विशेष स्रोतले भन्यो ‘अर्को मिति पनि तोक्न सक्छ र अनिश्चित कालका लागि स्थगित गरिएको भन्ने पनि निर्णय हुन सक्छ ।’

ती स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य सल्लाहकार विष्णु रिमालबिच आधिकारिक ट्रेड युनियनको निर्वाचनबारे छलफल भएको थियो ।

लगत्तै मुख्यसचिव लोक दर्शन रेग्मीलाई आवश्यक निर्देशन भएको थियो । रेग्मीले आजै मात्र श्रम तथा रोजगार मन्त्रालयलाई प्रमुख निर्वाचन अधिकृतको कार्यालयमार्फत अहिलेसम्म भए गरेका कामकारबाहीको प्रगति माग गरेको थियो ।

सोही अनुसार मन्त्रालयले विभागमार्फत प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट विवरण माग गरेर पठाई सकिएको श्रम उच्च स्रोतले जनाएको छ । यसबारे औपचारिक निर्णय भने केही बेरमा आउँदै छ ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]