बैशाख २६, २०८२ शुक्रबार

मोहनमायामा विधार्थी सहभागी गराएरै पठनपाठन सञ्चालनको तयारी

विर्तामोड । मोहनमाया माध्यमिक विधालय बिर्तामोडले विधालय सञ्चालनको लागि तयारी थालेको छ । गत असार महिनादेखि अनलाई विधिबाट शिक्षण सिकाई सहजीकरण गर्दै आएको सो विधालयले व्यवस्थापन समिति, अभिभावक संघ र अभिभावकसँग छलफल गरेर विधालय सञ्चालनको तयारी थालेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न समूह निर्माण गरी विपधार्थीलाई विधालयमै सहभागी गराएर पठनपाठन सञ्चालनको तयारी गरिएको बताइएको छ । सबै विधार्थी अनलाईन विधिमा सहभागी हुन नसकेपछि विधालय सञ्चालनको तयारी थालिएको हो ।

कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको शैक्षिक गतिविधिलाई मोहनमायाले अनलाईन विधिमा पठनपाठन सञ्चालन गरिरहेको छ । प्रधानाध्यापक श्रेष्ठका अनुसार विधार्थीले घरमै बसेर अध्ययन गर्ने वातावरण बनाइएको छ । शिक्षक , कर्मचारी सबै विधालय आउँछौं, श्रेष्ठले भने ।

अहिले विधालयमा दुई चरणमा कक्षा सञ्चालन भइरहेको छ । पहिलो चरणमा कक्षा ८ देखि १० र दोस्रो चरणमा कक्षा ७ का विधार्थीलाई पढाउने काम भइरहेको श्रेष्ठको भनाई छ । विधालयले सिभिल इन्जिनियरिङ र डिप्लोमा तहलाई पनि अनलाईबाटै पठनपाठन गर्दै आएको छ । विधार्थीलाई सकेसम्म सिकाई सहजीकरण गर्न प्रयत्न गरिरेहको प्रअ श्रेष्ठको भनाई छ ।
अनलाई कक्षामा नेपाली माध्यमभन्दा अंगे्रजी माध्यममा अध्ययन गर्ने विधार्थीको पहुँच धेरै देखिएको छ । अंग्रेजी माध्यमका ९० र नेपाली माध्यमका ३० प्रतिशत विधार्थी वैकल्पिक सिकाईमा सहभागी भएका छन् । यो वर्ष विधालयमा विधार्थीको संख्या १४ सय पुगेको छ । कोरोना महामारीको विचमा पनि निजी विधालय छोडर ३ सयभन्दा बढि विधार्थी मोहनमायामा भर्ना भएका छन् ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]