जेष्ठ १, २०८२ बुधबार

कम्तीमा दुई अंकको सिट जितेर देखाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिनुभएको छ ।

शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उहाँले दुई अंकको सिट जितेर देखाउन चुनौती दिनुभएको हो । ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गर्नुभएको छ । उहाँले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने बताउनुभयो । साथै उहाँले फर्किएकाहरूलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताउनुभएको छ । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ ।’

प्रकाशित मिति : पुष १८, २०७७ शनिबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]