अमेरिकामा ट्रम्पका समर्थकले संसदमै गरे आक्रमण
काठमाडौं । ट्रम्प समर्थकले अमिरिकामा हिंसा मच्चाएका छन् । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउन उनीहरुले समर्थकहरुले हिंसा मच्चाएको समाचार एजेन्सीहरुल जनाएका छन् । हिांका क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।
वाशिङ्टनस्थित संसद भवन ९क्यापिटल बिल्डिङ०मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।