इटहरी तरुण दलमा विवाद : उपाध्यक्षबाट हटाएर देखाउन चुनौति
इटहरी । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल इटहरीमा विवाद भएको छ । इटहरी नगरसमितिमा उपाध्यक्ष मनोनितको विषयले विवाद भएको हो ।

नेपाल तरुण दल इटहरी उपमहानगर कार्यसमितिको बैठकले मनोज लिम्बुलाई उपाध्यक्ष मनोनित गरेको थियो । सोहि मनोनितले तरुणभित्र व्यापक असन्तुष्टि बढेको छ । तरुण दल जिल्ला समितिका अध्यक्ष सिजन गुरुङले विज्ञप्ति जारी गर्दै लिम्बुलाई गरिएको मनानित खारेज गरिएको बताएका छन् । उनले पूर्णकालिन सदस्य नभएकाले उनको मनोनयन खारेज गरिएको बताए । यता, इटहरी तरुण दलका अध्यक्ष विष्णु खत्रीले उपाध्यक्ष मनोनयन विधान सम्मत भएको दावी गरेका छन् । खत्रीले उपमहानगरको विषयमा जिल्लाले हस्तक्षेप गर्न नमिल्ने बताए । ‘मेरो उपाध्यक्ष मनोज लिम्बु नै हो’ खत्रिले भने , जिल्लाको विज्ञप्ति पूर्वाग्रही छ ।
मनोनित भएका लिम्बुले आफु लामो समयदेखि तरुण दलमा क्रियाशिल भएको जानकारी दिएका छन् । उनले आफ्नो क्रियाशिलतालाई मुल्याङ्कन गरेर जिम्मेवारी प्रदान गरेकोमा उपमहानगर समितिलाई धन्यवाद दिएका छन् । लिम्बु भन्छन्, जिल्ला समितिबाट मलाई उपाध्यक्षको जिम्मेवारीबाट हटाउएर देखाउन चुनौति दिन्छु ।