नेकपाको झापा जिल्ला कमिटी ६०१ सदस्य बनाइयो
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला सदस्य थप गरेको छ । सोमवार विर्तामोडमा आयोजित चौथो पूर्ण बैठकबाट सदस्यहरु थप गरेको हो । १ सय ७७ सदस्यीय जिल्ला कमिटीमा थप गरेर ६ सय १ पु¥याइएको छ ।

चौथो बैठकबाट थप भएका जिल्ला सदस्यहरुलाई प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सपथ खुवाएका छन् । जिल्लाका अगुवा नेताहरुलाई प्रदेश सदस्यको लागि सिफारिस समेत गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
बैठकमा प्रदेश सांसद् गोपाल बुढाथोकी, जसमाया गजमेर, पुराना नेता मनकुमार गौतम, प्रदेश अध्यक्ष घिमिरे, संविधानसभा सदस्य दिपक कार्की लगायतले सम्बोधन गरेका थिए ।
