प्रचण्ड समूहको सभामा पत्रकारलाई मञ्चबाटै हप्कीदप्की
बिर्तामोड । प्रचण्ड–माधव समूहको काठमाडौंमा आयोजित विरोधसभामा पत्रकारलाई हप्कीदप्की गरिएको छ । स्टेजबाटै सो समूहका नेता नारायणकाजी श्रेष्ठले हप्कीदप्की गरेका हुन् ।
वक्ताका रुपमा बोलिरहेका श्रेष्ठले पत्रकार ऋषी धमलाको नाम नै तोकेर हप्काएका छन् । सार्वजनिक कार्यक्रममा पत्रकारलाई हप्काएको घटनाप्रति सर्वत्र विरोध भइरहेको छ ।

नेता श्रेष्ठले बोल्दाबोल्दै भाषण रोकेर, ‘पत्रकार साथीहरु एकछिन त्यहाँ केहि नगर्दिनु होला । तपाईहरु त्यहाँ चुप लाग्दिनुस्’ भन्दै ठाडै हप्काइएको छ । ‘सुन्नुभो ऋषी धमला जी’, तपाई अर्को कार्यक्रम नगर्नुहोस्, चुप लाग्नुस् , भन्दै नारायाकाजी कड्किए । पत्रकारलाई रिपोटिङका क्रममा हप्काइएको छ ।