सरकार र विप्लप समूहको वार्ता सफल, तीन बुँदे सहमति
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । राम बहादुर थापा बादल र विप्लव समूहका प्रवक्ता एवम् वार्ता टोली प्रमुख प्रकाण्डविच सहमति भएको हो । सहमतिको विस्तृत विवरण फागुन २१ गते सार्वजनिक गरिने बताइएको छ । सोहि दिन एउटै मञ्चबाट प्रधानमन्त्री र विप्लप समूहले सम्बोधन गर्ने तयारी भएको छ ।
