जेष्ठ १२, २०८२ आईतबार

कहाँ पुग्यो सिर्जनाको अनुसन्धान ?

बिर्तामोड । गत असार २८ गते विहानै २८ वर्षीया सिर्जना बस्नेतको शव फेला प¥यो । उनी बस्दै आएको घर मुनी अर्धनग्न अवस्थामा शव भेटियो । सिर्जनाको मृत्यूलाई रहस्यमय भनिएको छ । उनको शव भेटिएको आज १० दिन भइसक्यो ।

घटना भएको १० दिन वितिसक्दा पनि सत्यतथ्य बाहिर आउन सकेको छैन । आम नागरिक सिर्जनाको घटनाबारे कौतुहल छन् । सिर्जनाको हत्या भएको हो वा आत्महत्या ? सबैको चासोको विषय बनेको छ । घटनाको भएको यत्तिका दिन वितिसक्दा पनि सत्यतथ्य बाहिर नआउँदा केश नै ‘ढिसमिस’ हुने होइन भन्दै नागरिकले प्रश्न उठाइरहेका छन् । बिर्तामोड–५ बस्दै आएकी सिर्जनाको न्यायका लागि हरेक दिनजसो मुक्तिचोकमा न्याय माग्ने काम भइरहेको छ ।
प्रहरी के गर्दैछ ?

घटना लगत्तै झापाका प्रहरी प्रमुख सानुराम भट्टराई घटनास्थल आएका थिए । उनले तत्काल प्रहरी युनिट परिचालन गरेर घटनाबारे अनुसन्धान गर्न भनेका थिए । सोही बमोजिम प्रहरी परिचालन गरिएको छ । सिर्जनाको रहस्यमय मृत्यू प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश प्रहरी कार्यालय विराटनगर खटिएको छ । यत्तिका दिनसम्म प्रहरीले के भइरहेको छ भन्ने बारे सार्वजनिक गरेको छैन । अनुसन्धानमा प्रभाव पर्ने भएकाले वा अनुसन्धान प्रभावकारी नभएर भन्ने खुलेको छैन ।
शवको पोष्टमार्टम घोपामा भइसकेको छ । रिपोर्ट अपुरो आएका कारण आवश्यक परीक्षणका लागि काठमाडौं पठाइएको छ । यस्तै, सिर्जनाले चलाउदै आएको मोवाइल जाँच गर्न प्रहरीले काठमाडौं नै पठाएको छ । गोप्य स्रोतका अनुसार ‘बलात्कार पछि हत्या’ हो कि भन्ने शंकाले स्वाव परीक्षण गर्न काठमाडौं पठाइएको छ । यसको रिपोट बारे बाहिर केहि भनिएको छैन ।

प्रहरीले सिर्जनाको परिवार र उनी आवद्ध संस्थासँग समेत आवश्यक सोधपुछ गरेको छ । झापा प्रहरीका प्रवक्ता राकेश थापाले सो घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् । विभिन्न कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ, थापाले भने – अहिले नै यति अनुसन्धान सकियो भन्ने अवस्था छैन । हामी दिनरात यहि अनुसन्धानमा खटिएका छौं । उनका अनुसार आवश्यक प्रमाण जुटाउने काम भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]