राष्ट्रिय युवा संघ बिर्तामोडद्वारा वृक्षरोपण
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कमिटीले घोषणा गरेको १० लाख वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत बुधबार नगर कमिटीले बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोल्धापमा वृक्षरोपण गरेको हो ।
वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद् एकराज कार्कीले हरियो बन नेपालको धन भएको बताए । उनले वनजङ्गलबाट अर्बौं रुपैया आर्जन गर्न सिकने बताउका छन् । वनजंगल पर्यनटको स्रोत भएको उनको भनाई छ । बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बन जङ्गल साझा सम्पत्ति भएकाले यसको संरक्षण सबैको दायित्व भएको बताए । उनले वनजंगल जोगाउने जिम्मेवारी युवाहरुको भएको बताए । राष्ट्रिय युवा संघ नेपालका सचिबालय सदस्य ज्ञानेन्द्र राईले बिरुवा रोप्नु मात्रै ठुलो कुरा नभएको भन्दै त्यसको हेरचाह र संरक्षण महत्वपूर्ण भएको बताए ।

सुन्दर निजझोडा बन समितिका अध्यक्ष रेनुका उप्रेतीले वृक्षरोपण सकिए पछि त्यसको संरक्षण आफुहरुले गर्ने बताइन् । कार्यक्रममा एमाले बिर्तामोडमा नगर सचिव सुवास भट्टराई, युवा संघ नेपाल स्थायी कमिटी सदस्य अनिता कन्दन्ङ्वा, केन्द्रीय सदस्य राहुल शर्मा, राज आङ्दम्बे ,पार्टी जिल्ला सदस्य दुर्गा सिग्देल, युवा परिषद जिल्ला अध्यक्ष मदन बुढाथोकी, वाड नं. २ का सदस्य किशोर पौडेल,६ का वडा सदस्य सुर्य लावती, ८ का वडा सदस्य गंगा राजबंशी, वडा नंं. ८ का अध्यक्ष बिष्ण भट्टराई, वडा नं ७ का सचिव युबराज निरौला, सामुदायिक बन जिल्ला माहासंघ अध्यक्ष बेदराज भण्डारी, सशस्त्र बेसक्याम प्रमुख घनश्याम गौतम ,एनवाइसी क्लबका अध्यक्ष सागर राईलगायतको उपस्तिथिमा वृक्षरोपण गरिएको छ । युवा संघ नेपाल बिर्तामोड नगर अध्यक्ष पारस संग्रौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन युवा संघ नेपाल वडा सचिव प्रदीप कुमार संग्रौला (माइनस प्लस ) गरेका थिए ।