जेष्ठ १२, २०८२ आईतबार

झापामा २५२ जनामा कोरोना पुष्टि, ४ को मृत्यू

बिर्तामोड । झापामा बुधबार थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जनाले ज्यान गुमाएका छन् । एन्टी जेनबाट ७८ जनाको कोरोना पुष्टि भएको छ ।

बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेहरुमा बुद्धशान्ति,शिवसताक्षी १÷१ र मेचीनगरका २ जना रहेका छन् । यो सँगै झापाका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १७ सय ४ जना पुगेको छ ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]