झापाका पुराना पत्रकार धितालको निधन
बिर्तामोड । झापाका पुराना पत्रकार ७३ वर्षीय केशव धितालको निधन भएको छ । काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा आज साँझ निधन भएको धितालका भान्जा विजय बरालले जानकारी दिए ।

पछिल्लो समय दमक बस्दै आएका धिताल छातीमा समस्या देखा परेपछि उपचारका लागि काठमाडौं गएका थिए । काठमाडौं पुगेपछि कोरोना संक्रमण समेत भएको थियो । केहि समयको उपचार पछि कोरोना जितेका धिताल छातीकै समस्याका कारण थप उपचार गर्दै काठमाडौं बसेका थिए ।
झापाको विर्तामोडमा ऋषि पुस्तक भण्डार सञ्चालन गरेका धिताल पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए । पछिल्लो केहि वर्षदखि पत्रकारितामा निष्कृय रहेका उनी बिर्तामोडबाट बसाई सरेर दमक बस्दै आएको भान्जा बरालले जानकारी दिए ।