जेष्ठ ११, २०८२ शनिबार

झापामा साउन १४ गतेसम्मलाई थपियो निषेधाज्ञा

बिर्तामोड । झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले ८ गतेदेखि १४ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

बैठकले बजार साँझ ७ बजेसम्म सञ्चालन गर्ने दिने, लामो तथा छोटो दुरीको सवारी आवगमनमा रोक नलगाउने निर्णय गरेको छ ।

पछिल्लो हप्तादेखि जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । आजको निर्णयले थप खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर बढ्दै गइरहेको छ । अन्य निर्णयहरु यथावत रहेको बताइएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]