साउन १० सम्म भारी वर्षाको संभावना
मौसम विश्लेषण (Meteorological Analysis)
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ साउन ८ गते ( शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ साउन ९ गते ( शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ
राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन १० गते ( आईतबार)
दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १,बागमती,गण्डकि,लुम्बिनि,कर्णालि र सुदुर पशचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।