जेष्ठ ११, २०८२ शनिबार

यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट

काठमाडौँ । शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]