झापामा आज एकैदिन ३६१ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापामा शुक्रवार ३६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो साता यो संक्रमण संख्या सबैभन्दा धेरै हो । यसमध्ये १७६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्तै, शुक्रवार थप तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेचीनगरका २ र इलामका १ संक्रमितको ज्यान गएको छ । योसँगै झापामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२० पुगेको छ । ११६ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ ।
पछिल्लो समय कनकाई, बिर्तामोड,दमक,भद्रपुर र बुद्धशान्ति क्षेत्रमा संक्रमण दर बढ्दै गएको छ ।