जेष्ठ ११, २०८२ शनिबार

बिर्तामोडका व्यवसायीलाई निशुल्क खोप लगाइदिने महासचिव मैनालीको घोषणा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सरकारले अनुमति दिए यस क्षेत्रका व्यवसायीलाई निशुल्क खोप व्यवस्था गरिदिने घोषणा गरेका छन् । इजलाससित कुरा गर्दै उनले बन्दको विकल्प आवश्यक रहेको भन्दै खोप खरिद गर्न आफु तयार रहेको जानकारी दिए ।

झापामा केहि समययता स्थानीय तहहरुले आफै निर्णय गर्दै शिल गर्न थालेपछि मैनालीले कोरोनाबाट सुरक्षित हुने विकल्प खोप नै भएको बताए । मैनालीले भने– ‘म २०/२२ लाख रुपैयाँको खोप मै खरिद गरेर लगाइदिन्छु । सरकारले मलाई अनुमति दियोस् ।’ उनले मानव सेवामा यसरी सहयोग गर्न धेरै व्यक्ति तयार रहेको उनको भनाई छ । नयाँ सरकारले खोपको प्रवन्ध नगरेका कारण व्यवसायी मारमा परेको मैनालीको प्रतिक्रिया छ । उनले बजार बन्द गर्दा निजी क्षेत्रलाई ठुलो नोक्सान भएकाले बरु खोप उपलब्ध गराउन आफु तयार रहेको बताए । बिर्तामोड फेरि बन्द गर्ने भन्ने सुने, त्यसको सट्टा खोप लगाउने व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।
यसअघि सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले पनि १० लाख खोप खरिद गर्न तयार रहेको घोषणा गरेका छन् । उनले सरकारबाट अनुमति पाए खोप खरिद गर्ने बताएका छन् ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]