जेष्ठ १, २०८२ बुधबार

प्रिमियर स्टील ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल

विराटनगर । ३६ एम.एम. समु्ह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एम को छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ ।

यसअघि ३० एम.एम. को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिएको थियो । यसले निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुन सक्थ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नुपर्ने अवस्था हटेको छ ।
प्रिमियर स्टीलले Fe 500, Fe500D Graded TMT Rebar, Torkari Steel, Binding Wires तथा SWG को प्रयोग गरी उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम.एम. देखि ४० एम.एम. सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।

“ प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टिएमटी बार उत्पादन गर्दै आएको छ । यसले उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम हुने बताइएको छ । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा प्रिमियमका उत्पादनहरु सधै उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथबारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ, प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले भने ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ४ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]