जेष्ठ ९, २०८२ बिहीबार

विद्युत प्राधिकरणकाे प्रमुखमा घिसिङ

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ ।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय आईपुगेको र आज उहाँलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताउनुभयो । आजै उहाँले पदबहाली गर्ने उहाँले बताउनुभयो ।
हाल बहालवाल प्रमुख कार्यकारी हितेन्द्रदेव शाक्यलाई भने उर्जा आयोगको विज्ञको जिम्मेवरी दिइने भएको छ । शाक्यलाई विशिष्ठ श्रेणी सरह र खाइपाइ आएकाे सुविधा कटाैती नहुने गरी उर्जा आयाेगमा विज्ञका रूपमा पठाउने तयारी भएकाे प्रवक्ता भेटवालले बताउनुभयाे । 

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]