मुख्य समाचार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ


काठमाडौं – भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।

उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए। नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

243
Shares