जेष्ठ १, २०८२ बुधबार

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ बिन्दुले घटेको छ । यस्तै, होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६८ करोड ३० लाख ७१ हजार ७०१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर रु ५६ करोड १२ लाख ९३ हजार, अपी पावर कम्पनी रु ५३ करोड १७ लाख ४५ हजार ३८७ र आइसिएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

६ कम्पनीको शेयरमा सकारात्मक सर्किट
बुधबारको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा आइसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्स ४.१७, एचआइडिसीएल ३.३९, गुर्खाज फाइनान्स ३.१६, वेष्ट फाइनान्स ३.१६ र एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले ३.१३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]