जेष्ठ १, २०८२ बुधबार

श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको आरोप

काठमाडौँ । राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गरेको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा. कँडेलको आरोप छ ।

सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको उनले बताए । सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उनले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताए । 

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]