जन्मदिनमा वृक्षरोपण गर्न आर्थिक सहयोय
बिर्तामोड । युवा व्यवसायी राज कुमार कार्कीले जन्मदिनको अवसरमा वृक्षरोपणका लागि सहयोग गरेका छन् । झापा अर्जुनधारा–६ निवासी व्यवसायी कार्कीले वडा मार्फत वृक्षरोपणका लागि सहयोग गरेको जानकारी दिए ।
उनले आज विहान अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमलाई वृक्षरोपणका लागि १० हजार नगद सहयोग गरेका हुन् । जन्मदिनलाई विशेष बनाउन उनले पर्यावरण संरक्षणलाई जोड दिएका छन् । वातावरण जोगाउन सक्यौ भने मात्र मानवीय जीवन सहज हुने भन्दै वृक्षरोपणका लागि सहयोग गरेको कार्कीले बताए ।
छ ।