नेतृत्वमा क्षमतावान युवाको खाँचो
बिर्तामोड । युवाहरुले क्षमता विकास गरेर अवसरको खोजी गर्नुपर्ने बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले राष्ट्र निर्माणमा समेत दक्ष र क्षमतावान युवाको आवश्यक भएको बताए ।
प्रकृति फाउण्डेशन बिर्तामोडले मंगलवार आयोजना गरेको राजनीतिमा युवा : अवसर र चुनौति विषयक कार्यक्रममा अधिकांश वक्ताले पर्याप्त अवसर हुँदा पनि दक्ष र क्षमतावान युवाको अभाव भइरहेको बताएका छन् । अन्तरक्रियामा बोल्दै प्रदेश १ का सांसद् बसन्त बानियाँले परिवर्तनको नेतृत्व नै युवाहरुले गर्नुपर्ने धारणा राखेका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउन युवाहरुको भूमिका नै महत्वपूर्ण हुने बताए । सांसद् बानियाँले संभावनाको खोजी गरेर युवाले नेतृत्व लिए मात्रै परिवर्तनको आभास गराउन सकिने भनाई राखेका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले कार्यपत्र प्रस्तु गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले युवा उमेरले भन्दा पनि विचार र सोचले हुने बताए । उनले उमेर मात्र युवा भएर नहुने भन्दै विचार,जोस र जाँगर पनि युवा हुनुपर्ने बताएका छन् । राजनीतिमा युवाःअवसर र चुनौति विषयक कार्यपत्रमा नेपाली युवाको सन्दर्भमा सामग्री प्रस्तुत गरेका थिए ।
जिल्लाभरबाट सहभागी युवाहरु सम्बोधन गर्दै नेपा एमालेका नेता शिव ढुङ्गेलले राज्यलाई बनाउन युवाको प्रभावकारी युवाको खाँचो भएको बताए । उनले भूमिका निर्वाह गर्न योग्यता र क्षमता समेत विकास गर्नुपर्ने धारणा राखे । नेता ढुङ्गेलले दक्ष, योग्य युवा राजनीतिमा सक्रिय हुनुपर्ने भन्दै ठेकेदारहरुले देश चलाएसम्म विकास र समृद्धि संभव नहुने भनाई राखेका छन् । युवाहरुले राजनीतिमा नाफा घाटाभन्दा पनि नागरिकको जीवनलाई हेरेर काम गर्नुपर्ने भनाई थियो ।

यस्तै, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले युवाहरु अनिवार्य रुपमा उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उनले दक्ष युवाहरुले अवसरको खोजी नगर्दा गलत मान्छेहरु नेतृत्वमा पगिरहेको बताए । उनले भने, विच्छीको टाटु हान्नेहरुलाई नेताले अवसर दिए, अब त्यो समय गएको छ । क्षमतावान र योग्य युवा तयार हुनुहोस् । कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले सम्बोधन गर्नु भएको थियो ।
फाउण्डेशनका अध्यक्ष मनोज ताम्लीको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष टिका मंग्रातीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
