जेष्ठ ५, २०८२ आईतबार

तुइन चुडाउने कार्यमा एसएसबीको संलग्नता रहेको निष्कर्ष

काठमाडौँ । दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । उक्त समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]