जेष्ठ ४, २०८२ शनिबार

रकम नभएको चेक दिएर ६० लाख ठगी गर्ने बिर्तामोडबाट पक्राउ

झापा । खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको देउमाई गाविस–९ साविक जितपुर गाविस–४ घर भई हाल बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने वर्ष ४३ को टंकनाथ कट्टेल रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको प्रहरीले जनाएको छ । सो मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू ६० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिर्तामोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरेको छ ।

प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]