जेष्ठ ४, २०८२ शनिबार

१२६८ जनामा कोरोना पुष्टि, निको हुनेको दर ९४.५ प्रतिशत

काठमाडौं– गत २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, आज २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्

त्यस्तै, आज ९ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ। हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।

प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]