बैशाख २९, २०८२ सोमबार

एमालेमा अब केन्द्रीय, स्थायी कमिटी र सचिवालय गरी तीन तह मात्र

काठमाडौं । नेकपा एमाले खारेजीमा परेको तत्कालीन नेकपाको जस्तै पार्टी संरचना बनाउने भएको छ । उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी गराएका छन् ।
तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीन वटा मात्रै लेयर राख्ने निर्णय लिएको हो ।

‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ । त्यसपछि स्थायी कमिटी र सचिवालय तीन वटा तह हुनेछ’, पौडेलले भने, ‘पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो । उनको जवाफ दिने क्रममा पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको बताए । पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए ।

‘४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछ’, उनले सुनाए, ‘केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन । अब एमालेमा पदाधिकारी रहेको सचिवालय हुनेछ ।’
प्रदेश र जिल्ला कमिटीमा ५० को आधार संख्या, निर्वाचन क्षेत्रबाट ४ र १५ जनाको अतिरिक्त प्रतिनिधित्व

एमालेले प्रदेश र जिल्ला कमिटीको संख्या निर्वाचन क्षेत्रको प्रतिनिधित्वको आधारमा निर्धारण गर्ने भएको छ । त्यसका लागि ५० आधार संख्या हुने मापदण्ड तय गरिएको छ । विधान महाधिवेशनमा संगठन विभाग प्रमुख विष्णु पौडेलले नयाँ व्यवस्थाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अब प्रदेश कमिटीको ५० जना आधार संख्या हुन्छ ।

त्यसपछि प्रत्येक निर्वाचन क्षेत्रअनुसार ५ जनाको दरले प्रदेश कमिटीमा रहने छन् । त्यस्तै, जिल्ला कमिटीमा शुरुको आधार संख्या ५० हुनेछ । त्यस बाहेक जिल्ला कमिटीमा प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रबाट १५ / १५ जना थप प्रतिनिधिहरू रहने छन् ।

प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]