जेष्ठ १, २०८२ बुधबार

नेपालमा डेढ महिनामै कोरोना सङ्क्रमण दर ६० प्रतिशतले घट्यो

काठमाण्डाै – पछिल्लो डेढ महिनामा नेपालमा कोरोना सङ्क्रमणदर ६० प्रतिशत भन्दा धेरैले घटेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौको १ गते कोरोना सङ्क्रमणदर १८ प्रतिशत रहेकोमा असोजको तेस्रो हप्तासम्म सङ्क्रमणदर ६/७ प्रतिशतको हाराहारीमा झरेको छ। हिजो परीक्षण गरिएका नमुनामध्ये सात दशमलव १४ प्रतिशतमा मात्रै कोरोना देखिएको छ ।

डेढ महिनाको बीचमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६० प्रतिशत भन्दा धेरैले घट्नु निकै खुसीको र सकारात्मक विषय भए पनि अझै जोखिम नसकिएको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

नागरिक जति धेरै जिम्मेवार बन्छन्, महामारी नियन्त्रणमा उत्तिकै सजिलो हुने मन्त्रालयको भनाइ छ । नियमित काम गर्दा होस् या चाडपर्व मनाउँदा, जनस्वास्थ्यका मापदण्डलाई सदैव पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य घटेको छ । भदौको पहिलो हप्ता नेपालमा ४० हजार तीन सय ३८ जना सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो हप्ता अर्थात हिजो सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६ सय १४ जनामा झरेको छ । 

प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]