बैशाख २९, २०८२ सोमबार

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नुभएको थियो । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उहाँले विश्वासको मत नलिई पदबाट राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा एसका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्ग प्रशस्त गर्ने जानकारी गर्नुभएको थियो । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । शाक्यको राजीनामा घोषणा भएसँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया शुरु हुनेछ ।

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]