बिर्तामोडमा १० अध्यक्षका आकांक्षी ‘ब्याक’, ४ जनाको दावी कायमै
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा आकांक्षी १४ जनामध्ये १० जना ‘ब्याक’ भएका छन् । बुधबार दिनभरको छलफलपछि उनीहरुले अध्यक्षको दावी छोडेका छन् ।
अब अध्यक्षमा ४ जनाको दावी कायमै रहेको छ । सुवास भट्टराई, उमानाथ ओली, नन्दलाल खरेल र नगेन्द्र संग्रौलाले अध्यक्ष पदमा दावी गरिरहेका छन् । बिहीवार हुने मनोनयन दर्तामा अझै घट्न सक्ने बुझिएको छ । नेतृत्वले बिर्तामोड नगर कमिटीमा सहमतिबाटै नेता छान्ने कसरतमा लागेका छन् ।