जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोड एमालेको घोषणासभा बुधबार १ बजे

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको निर्वाचनमा ४३१ मत खसेको छ । ४६७ मतमध्ये बाँकी मत नखसेको बताइएको छ । अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएपछि निर्वाचन भएको छ ।

मंगलवार दिउँसो २ बजेदेखि शुरु भएको मतदान ५ बजे सकिएको थियो । निर्वाचनमा अध्यक्षका लागि सुवास भट्टराई र उमानाथ ओली बिच प्रतिष्पर्धा भएको छ ।

यस्तै, उपाध्यक्षमा पुष्पा गौतम र उर्मिला खरेल बिच प्रतिष्पर्धा भएको छ । सचिवमा ३ जना, उपसचिवमा ८ जना र ४ सदस्यका लागि निर्वाचन गरिएको हो । बाँकी पदमा सर्वसम्मत भइसकेको छ । मंगलवार राती ८ः३० बजे देखि मत गणना शुरु गर्ने भनिएको छ ।
अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईका अनुसार बुधबार दिउँसो १ बजे घोषणा सभा एवम् शपथग्रहण कार्यक्रम जिल्ला पार्टी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]