जेष्ठ ४, २०८२ शनिबार

झापामा राती १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले भीडभाड नगरी राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले शान्तिपूर्वक र सार्वजनिक जनजीवनमा असर नगरी देउसीभैलो खेल्न सबैमा आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले कोभिड–१९ को महामारी कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडवाड मनाउन निर्देशन गरेका छन् । प्रशासन कार्यालयले पटकाजन्य कुनै पनि वस्तुको विक्रि वितरण र प्रयोग समेत नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]