जेष्ठ ४, २०८२ शनिबार

तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा मनाइँदै

झापा । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज  गोरु  पूजा गरिँदैछ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई  आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ।

आजै आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद्हरु बताउँछन्। गाईगोरुको पूजापछि आजै घरघरमा गएर देउसी खेलेर रमाइलो गर्ने प्रचलन छ।

प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]