जेष्ठ ४, २०८२ शनिबार

बेइजिङमा देख्नै नसकिने गरी बढ्यो प्रदूषण

काठमाडौं । चीनको राजधानी बेइजिङमा २ सय मिटरभन्दा माथि देख्न नसकिने गरी प्रदूषण बढेको छ । जसका कारण त्यहाँका कतिपय राजमार्गमा यातायात नै बन्द गराइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बाक्लो प्रदूषणका बेइजिङमा सहरका धेरैजसो अग्ला भवनको माथिल्लो भाग देख्न नसकिने अवस्था छ । विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या हुने गर्छ । अब एक÷दुई दिनमा चल्ने हावाले बेइजिङमा फैलिएको प्रदूषित तुवाँलो हटाउने अपेक्षा गरिएको छ ।

चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले गत सेप्टेम्बरमा भनेको थियो– यस वर्ष देशका ६४ औद्योगिक क्षेत्रमा प्रदूषणविरुद्ध अभियान सञ्चालन हुनेछ ।’

प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]