जेष्ठ ५, २०८२ आईतबार

एमालेको १० औं महाधिवेशनका लागि आज देशैभरीबाट प्रतिनिधी छनौट हुँदै

काठमाडौं – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छनौटका लागि आज देशैभरी निर्वाचन हुँदैछ ।
एमालेको महाधिवेशन कार्यतालिका अनुसार आज संघीय निर्वाचन क्षेत्र,जिल्ला इलाका र जनवर्गीय संगठनबाट प्रतिनिधीहरु छनौट गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मनोनयनकै क्रममा देशका कतिपय ठाउँबाट प्रतिनिधीहरु निर्विरोध चयन भइसकेका छन् । निर्विरोध नभएका ठाउँहरुमा आज दिनभरीमा निर्वाचन प्रक्रियाबाट करिब १ हजार ९ सय प्रतिनिधी छनौट हुने एमालेले जनाएको छ ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुदैछ । जहाँ बढीमा १ हजार ९ सय ९९ जना प्रतिनिधी सहभागी हुनेछन् । एमालेमा करिब १ सय जना प्रतितिनधी मनोनित हुदैछन् ।

प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]