जेष्ठ ४, २०८२ शनिबार

पूर्वाञ्चल क्यान्सर अस्पतालले पाठेघरको निशुल्क जाँचलाई निरन्तरता दिने

शंका लाग्ने वित्तिकै अस्पताल आउनु : डा. प्रियंका
बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले गत भदौं महिनादेखि महिलाको पाठेघरको निशुल्क जाँच गरिरहेको छ । वितेको तीन महिनामा अस्पतालले १७ हजार ८ सय ४२ जनाको जाँच गरेको जानकारी दिएको छ ।

महिलाको पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउन अस्पतालले पाठेघरको निशुल्क स्कृनिङ्ग गर्दै आएको छ । बिहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रम थप गर्दै देशभरका महिलालाई सेवा प्रदान गर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । उनले क्यान्सरको दोस्रो स्टेप पुगेपछि मात्रै उपचारमा आउने भएकाले बेलैमा जाँच गर्ने व्यवस्था मिलाइएको बताए । प्रसाईका अनुसार क्यान्सर भए बेलैमा उपचार गर्ने र नभए स्वास्थ्य जीवनका लागि ख्याल गर्ने सल्लाह दिने गरिएको छ । कार्यकारी निर्देशक प्रसाईले आगामी तीन महिना सो कार्यक्रमलाई निरन्तरता दिदैं स्तनको मेमोग्राममा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा कार्यरत डा.प्रियंका कटुवालले स्कृनिङमा महिलाको पाठेघरमा पानीको जाँच गरिने बताइन् । पाठेघरको मुख, बच्चा बस्ने ठाउँ, पाइप, अण्डासय, सानो–ठुलो गालामा समेत जाँच गरिने जानकारी दिइन् । क्यान्सर रोगको उपचार गर्न आउनेहरु समय वितेपछि मात्रै आउने गरेको उनको भनाई छ । उनका अनुसार क्यान्सर लागेको शंका भएपछि बाहिरै उपचार गर्ने, अपरेशन गर्ने र विग्रिएपछि मात्रै अस्पताल आउने गरेका छन् । ३० प्रतिशत विरामी मात्रै समयमै आउने र बाँकी ७० प्रतिशत विरामी दोस्रो स्टेप पुगेपछि आउने गरेको बताइन् । उनले शंका लाग्ने वित्तिकै उपचारका लागि क्यान्सर अस्पताल नै आउन आग्रह समेत गरेकी छन् ।

क्यान्सर अस्पतालले बच्चाको क्यान्सरको समेत उपचार थालनी गरेको छ । डा.ऋतु लामिछानेले अब १८ वर्षसम्मका बालबालिकाको क्यान्सर उपचारका लागि बाहिर जानु नपर्ने जानकारी दिइन् । रतगको क्यान्सर समेत यहि उपचार गछौं, डा. लामिछानेले भनिन् – नेपाली बालबालिकाले नेपाल मै उपचार गर्न पाउने गरि पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा थालेको छ ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]