जेष्ठ ४, २०८२ शनिबार

भारतमा भेटियाे ‘ओमिक्राेन’

झापा । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

नयाँ भेरियन्टकाे सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताउनुभयाे ।  

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सबैलाई आइसोलेशनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।

उहाँले अन्य कोरोना भाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनुपरेको स्पष्ट पार्नुभयो । 

सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ‘ओमिक्रोन’ नामाकरण गरेको हो । 

यसलाई डब्ल्यूएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरि नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौँ देशले सतर्कतासम्बन्धी विभिन्न उपाय अपनाएका छन् । 

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]