जेष्ठ ९, २०८२ बिहीबार

एमालेमा झापाबाट कसले के जिम्मेवारी पाए ?

इञ्चार्जमा अग्नी खरेल
बिर्तामोड । नेकपा एमालको केन्द्रीय कमिटी बैठकबाट झापाको इञ्चार्जमा अग्नी खरेलले जिम्मेवारी पाएका छन् । बैठकले खरेललाई इञ्चार्ज र केन्द्रीय सदस्य रविन कोइरालालाई सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी सदस्यमा देवराज घिमिरे, अग्नी खरेल र हिक्मत कार्कीलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । घिमिरेलाई प्रदेश १ को इञ्चार्ज समेत बनाइएको छ । झापाबाट देवेन्द्र दाहाल र जीतु गौतमलाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकलाई प्रदेश १ को सचिव बनाइएको छ ।

प्रसाई केन्द्रीय सदस्यमा मनोनित
विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । केन्द्रीय कमिटीको बैठकले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
एकता प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । केन्द्रीय सदस्य मनोनयनमा पूर्व माओवादीलाई २० प्रतिशत छुट्याइएको बैठकमा सहभागी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिइन् । सोही प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्य बनेका छन् ।
नेकपा एमाले राजनीतिमा पछिल्लो समयमा सक्रिय भएका प्रसाई माओवादीमा लामो समय काम गरेका व्यक्ति हुन् । नेकपा एमाले प्रवेश गरेर ठुलो संख्यामा आफ्ना समर्थकहरु समेतलाई पार्टी प्रवेश गराउँदै आएका प्रसाईले दशौं राष्ट्रिय महाधिवेशनमा समेत उम्मेद्वारी दिने तयारी गरेका थिए । केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरे पनि पछि दर्ता गरेका थिएनन् ।

यसअघि महाधिवेशनबाट झापाका केन्द्रीय सदस्यमा देवराज घिमिरे , अग्नी खरेल, जितु गौतम, देबेन्द्र दहाल, हिक्मत कुमार कार्की, रबिन कोईराला, रोमनाथ ओली, हरि राजवंशी , मेनुका काफ्ले , मिना उप्रेती , गोविन्द थापा र गिता अधिकारी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]