जेष्ठ १२, २०८२ आईतबार

थापाको पार्टीले चुनाव चिन्ह ‘गाई’ माग्ने

काठमाडौं । राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् ।

‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]