जेष्ठ ११, २०८२ शनिबार

प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटारमा एमाले अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो ।

भेटमा समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने एक स्रोतले बताएको छ । हिजोआज एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्री देउवाले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाउनु भएको छ । यसअघि प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवाका साथ अध्यक्ष ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट पुग्नु भएको थियो । आज अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई विशेष महत्वका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]