जेष्ठ ११, २०८२ शनिबार

हराएको परिचयपत्र पुनः बनाउन वडाको सिफारिस चाहिने

बिर्तामोड । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ । आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
त्यस्तै वडा कार्यालयको सिफारिससहित निवेदन दिएमा इमेल, फ्याक्स वा अन्य विधिबाट दिएको निवेदन पनि स्वीकार गर्न आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]