प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
काठमाडौं – आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । बैठक भोलि १ बजे पुनः बस्नेछ ।