जेष्ठ ११, २०८२ शनिबार

सहाराद्धारा आगलागी पीडित परिवारलाई राहत वितरण

शिवसताक्षी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागी पीडित संस्थाका चार परिवारलाई राहत वितरण गरेको छ । संस्थाले दुधे सेवा केन्द्र मार्फत शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखामा बिहीबार भएको आगलागीबाट पीडित बनेका संस्थाका ४ सदस्यहरुलाई शुक्रवार राहत वितरण गरेको हो ।

संस्थाकी सदस्य गिता थपलिया, डम्वरकुमार तुम्बा, बालिका भण्डारी र खिलाकुमारी मगरको परिवारलाई राहत वितरण गरेको सहारा साकोस दुधे सेवा केन्द्रकी प्रमुख मेनुकादेबी शिवाकोटीले जानकारी दिइन् ।

आगलागी पीडित प्रत्येक परिवारलाई ३० केजी चामल, व्लाङकेट १ थान, चकटी १ थान, दाल २ केजी, २ लिटर तेल, चिउरा नुन, भुजिया सावुन लगायतका राहत सामग्री वितरण गरिएको थियो । प्रत्येक परिवारलाई ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ ।
सहारा साकोसका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी वडा नं १० कि वडा सदस्य मंगलादेवि वि.क को प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो । प्रमुख अतिथि विक, सहारा साकोसका केन्द्रीय कार्यालयका निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला, उप– प्रवन्धक भुमि खतिवडालगायतले संयक्त रुपमा राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ६ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]