जेष्ठ ११, २०८२ शनिबार

व्याख्यात्मक टिप्पणी जनतालाई झुक्याउने अस्त्र : रावल

काठमाडौं, फागुन १५ गते। नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) अस्वीकार गर्न सबैलाई आह्वान गर्नुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै रावलले यस्तो बताउनुभएको हो।

उहाँले नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ। देशलाई दीर्घकालीन रुपमा पर्ने असरलाई वेवास्था गर्दै सरकारले अनुमोदन गर्ने निर्णय गरेकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ।

व्याख्यात्मक टिप्पणीबाट सम्झौता अनुमोदन गर्न खोज्न जनतालाई झुक्याउनुमात्र भएको उहाँको भनाइ छ। राष्ट्रिय स्वाधिनताको विषय हल्लाका बीच प्रस्तुत गर्नु घातक भएको उहाँको भनाइ छ। एमसीसीको समर्थन गर्ने देशका लागि गद्धार हुने उहाँको भनाइ छ।

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]