जेष्ठ १२, २०८२ आईतबार

झापाको मतदाता संख्या : सबैभन्दा कम गौरीगञ्जमा

झापा । झापामा साढे छ लाख मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेका हुन् ।

झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै ९० हजार ८२६ मतदाता रहेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा २३ हजार ७४५ जना मतदाता रहेका छन् । जिल्लामा २८६ वटा मतदान स्थल रहने छ भने ७६० वटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङक अनुसार अर्जुनधारामा ५४ हजार ५, कचनकवलमा ३० हजार ३ सय १५, कनकाईमा ३५ हजार ७ सय १४, कमलमा ३८ हजार ३ सय ७३, गौरादहमा ४३ हजार ८ सय ४९, झापामा २४ हजार २ सय ३२, दमकमा ५८ हजार २ सय ८१, बाह्रदशीमा २५ हजार ८ सय ५५, बुद्धशान्तिमा ३५ हजार ९ सय ६७, भद्रपुरमा ५१ हजार ५ सय ९८ जना , बिर्तामोडमा ५७ हजार ८ सय ४, शिवसताक्षीमा ५५ हजार ६ सय ८० र हल्दिवारीमा २४ हजार १४ जना मतदाता रहेका छन् ।

जिल्लामा फागुन १९ देखि २३ गतेसम्म मतदाता नामावली अद्यावधिक हुने र सोका लागि १५ वटै पालिकाका १३१ वटा वडामा मतदाता नामावली टाँससँगै सोमा दाबी विरोध समेत हुने कार्यालयले जनाएको छ ।

मतदाता नामावली अद्यावधिकका लागि जिल्ला प्रशासन कार्यालय झापामा आइतवार सर्वदलीय अन्तरक्रिया समेत भएको छ । अन्तरक्रियामा मतदाता नामावली अद्यावधिकमा सबै दलले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा मतदाता नामावलीमा शुद्धता ल्याउने, स्थानीय निर्वाचनलाई मितव्यायी र प्रभावकारीसहित मत बदर न्यून गर्न सकारोवारवालाले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो । विसं २०७४ को निर्वाचनमा पाँच लाख ८५ हजार २१६ मतदाता रहेकामा हाल ६५ हजार ४२ थपिएर कूल मतदाता छ लाखभन्दा बढी भएका छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउमान थेबे, (नेकपा एमाले) का जिल्ला अध्यक्ष दीपक कार्कीलगायत सबै राजनीतिक दलका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]