मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा टेकेन्द्र अग्रवाल
बिर्तामोड । मारवाडी युवा मञ्च बिर्तामोडको प्रथम साधारणसभाबाट अध्यक्षमा टेकेन्द्र अग्रवाल सर्वसम्मत चयन भएका छन् ।
युवा मञ्चको वरिष्ठ उपाध्यक्षमा रिशभ मित्तल, उपाध्यक्षमा किशन अग्रवाल, महासचिवमा पवन शर्मा, सचिवमा जीवन वंशल, सहसचिवमा विशाल अग्रवाल र कोषाध्यक्षमा विशाल गोयल छन् ।
यसैगरी जनसम्पर्क अधिकारीमा सेन्की अग्रवाल चयन भएका छन् । साधारणसभाले २१ सदस्यीय समिति चयन गरेको सहसचिव विशाल अग्रवालले जानकारी दिए ।