चिया तथा कफी विकास बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा आङ्वो
बिर्तामोड । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी यूनियनको चौथो केन्द्रीय अधिवेनबाट अध्यक्षमा फुलमाया आङ्वो सर्वसम्मत चयन भएकी छन् । यूनियनको चौथो साधारणसभा तथा अधिवेशन मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ ।
अधिवेशनले उपाध्यक्षमा चन्द्रप्रकाश बस्नेत, महासचिवमा नविन कोइराला, सचिवमा अनन्त ढुङ्गाना र कोषाध्यक्षमा एकराज सञ्जेल चयन भएका छन् । यस्तै, सदस्यहरुमा रामकुमार आङ्देम्वे, देउकुमार आङथोपु, राममणि सापकोटा र निमा छिरिङ तामाङ चयन भएको नवनिर्वाचित अध्इक्ष आङ्वोले जानकारी दिइन् ।

कर्मचारीहरुको हकहितमा कार्यरत चिया तथा कफी विकास बोर्ड कर्मचारी यूनियनमा देशभरका कर्मचारी आवद्ध छन् ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, श्रम तथा रोजगार कार्यालय झापाका निमित्त प्रमुख मातृका कट्टेल, यूनियनका पूर्वअध्यक्ष सुमन तिखत्री, चिया विस्तार योजना फिक्कलका योजना प्रमुख इन्द्र प्रसाद अधिकारी, हिलेका प्रमुख विजय कुमार मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।