जेष्ठ १०, २०८२ शुक्रबार

बिर्तामोडमा एमालेले सबै वडा सदस्यदेखि मेयरसम्म जित्नेछ : भट्टराई

बिर्तामोड । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनमा वडादेखि मेयरसम्म एमालेले विजय हासिल गर्ने बताएका छन् ।

बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगरभेलालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा बिर्तामोडको सबै सदस्यहरु, वडाध्यक्षदेखि मेयरसम्म नेकपा एमालेका उम्मेद्वारले जित्ने बताए ।

उनले सोही कार्यक्रममा नगरको नयाँ नेतृत्व आएपछिको सबै गतिविधिहरु सार्वजनिक गरेका थिए । अध्यक्ष भट्टराईले वडादेखि टोलसम्म एमालेको संरचना निर्माण गरेको जानकारी दिए । अधिकांश जनसंगठनहरु समेत गठन गरिसकेको भट्टराईको भनाई थियो ।

प्रेस चौतारीको नगर कमिटी गठन
नेकपा एमाले बिर्तामोड नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रेस चौतारी बिर्तामोड नगर कमिटी समेत गठन गरिएको छ । प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी र आर्यन सिटौला चयन भएका छन् । सुवेदी नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य हुन् ।

प्रेस चौतारी नेपाल झापाका इञ्चार्ज मोहन काजीले कमिटी घोषणा गरेका थिए । नयाँ कमिटीलाई एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराएका छन् ।

संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रदेश अध्यक्ष गणेश पोखरेलले प्रष्टाएका थिए । प्रेस चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड क्षेत्रमा क्रियाशिल पत्रकारहरु र नगर तथा जिल्ला तहका एमाले नेताहको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]